सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित रामनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर भएका छन् । ईश्वरपुर नगरपालिका-९, रामनगर निवासी अन्दाजी २८ वर्षकी कुसुम देवीको करेन्ट लागेर मृत्यु भएको हो । अन्दाजी ३४ वर्षका श्रीमान् रम्भा महतोको पनि सोही घटनामा करेन्ट लागेर अवस्था गम्भीर बनेको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको…