दाङमा दुई महिलाको हत्या

दाङको घोराही उपमहानगरपालिका-१० पहेलपारमा शनिबार दिउँसो दुई महिलाको हत्या भएको छ । हत्या हुनेमा सुर्खेत घर भई घोराही उपमहानगरपालिका-१० पहेलपार बस्दै आएकी अन्दाजी ४४ वर्षीया सङ्गीता सुनार र रुकुम घर भई सोही ठाउँ बस्दै आएकी अन्दाजी ५० वर्षीया जुतली बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिएका छन् । प्रहरी…