मेयरको दबाबका लागि पोखराका कांग्रेस वडासभापतिहरू बैठकमा

एकीकृत समाजवादीलाई मेयर दिएपछि नेपाली कांग्रेस पोखरा महानगरपालिकाका वडा सभापतिहरू आन्तरिक बैठक बसेका छन् । उनीहरूले संयुक्त धारणा बनाएर मेयर कांग्रेसले नै पाउनुपर्ने दबाब दिने भएका छन् । ‘बैठक बस्र छलफल हुन्छ । सहमतिमा हाम्रा एजेन्डा सार्वजनिक गर्छौं,’ सचिव गणेशबहादुर थापाले भने, ‘एकै मुख बनाएर हामी संघर्ष गर्छौं ।’ अहिले लेकसाइडमा सभापतिहरूको बैठक बसिरहेको छ…