ओहदावालाहरुको पारिवारिक भर्तिकेन्द्र बन्यो समाज कल्याण परिषद्

समाज कल्याण परिषद् उच्चपदस्थको पारिवारिक भर्तिकेन्द्र बनेको छ । मन्त्रीदेखि सांसदसम्मले आफ्ना परिवारका सदस्यलाई नियुक्ति गराएर परिषद्लाई पारिवारिक भर्तिकेन्द्र बनाएका हुन् । गैरसरकारी सङ्घ-संस्थाहरूलाई स्वीकृति दिने तथा नियमन गर्ने परिषद्को नेतृत्व र कार्यकारी पदमा उच्चपदस्थका पारिवारिक सदस्य एवम् राजनीतिक दलनिकटका व्यक्तिहरूलाई नियुक्ति दिइएको छ । परिषद्को उपाध्यक्षमा महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री उमा रेग्मीले आफ्नै…