राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालयमा आज (११ चैत) आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उहाँलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित हुनुहुन्थ्यो । यसैगरी समारोहमा मन्त्री, नवनिर्वाचित सांसद, संवैधानिक…