काबुलबाट एक लाख २० हजारभन्दा बढीको उद्धार गरेको अमेरिकी दाबी

अफगानिस्तानमा उद्धार अभियानअन्तर्गत सुरक्षा खतरा रहेका अफगानी नागरिक, अमेरिकी तथा अन्य विदेशी सैनिक, कूटनीतिज्ञलगायत गरी १७ दिनभित्रमा कूल एक लाख २० हजारभन्दा बढी व्यक्तिलाई उद्धार गरिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । सोमबार अफगानिस्तानबाट २० वर्षे अमेरिकी सैनिक उपस्थिति समाप्त भएपछि सञ्चारकर्मीसँगको प्रतिक्रियामा राष्ट्रपति बाइडेनले उक्त कुरा बताएका हुन् । तालिबान समूह र अमेरिकाबीच…