कोठा नम्बर ४२० !

-ब्यङ्ग्योक्ति- ✍ ज्ञानमणि भुर्तेल ‘हेर्नुस् त बा ! को आउनु भो ?’ आमैले बालाई हल्का कोट्याएपछि बा मधुरो आँखा खोल्दै टोलाए, अनि आमैले आगन्तुक चिनाउनुभो- ‘शेरबादुर ! आरजुका खसम !’ बाले हात उठाउँदै सासले बोल्नुभो- ‘जय नेपाल !!’ जवाफमा आरजुका खसमले केही बोल्नुभो ! उहाँको स्वर र काठमाडौको मोमो पसलको स्टोभको स्वर उस्तै भएकोले बुझिएन…