नेपाल प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न एक व्यक्तिलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौं महानगरपालिका-९ सिनामङ्गलस्थित मोरङ बेलबारी गेष्ट हाउस नजिकबाट हेमन्तकुमार भगतलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । लागूऔषध कारोबार गरेको गोप्य सूचनाका आधारमा भगतलाई नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीमाथि आक्रमण गर्न खोजेपछि घुँडामुनि गोली हानेर नियन्त्रणमा लिइएको…