बाढीको वितण्डापछि जुर्मुराउँदै बेथानचोकका किसान

यत्रतत्र छरिएका ढुङ्गा, काठ र रुखका जराले बारी बगरमा परिणत भएको छ । तर, बेथानचोक (काभ्रेपलाञ्चोक)का किसान ती ठुटा रुखका जरा, झ्यासम्यास र ढुङ्गा पन्छाउँदै बारी सफा गरेर अब आलु रोप्ने तयारीमा छन् । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण पाट्नेखोलामा आएको बाढीले बारी सबै पुरिएपछि समस्यामा रहेका बेथानचोक गाउँपालिका-२ गेल्ढुङ…