विश्व बैंकको सहयोगमा तीन सडक हालसम्मकै नमूना हुनेगरी स्तरोन्नति

विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकाभित्र आधा अर्ब लागतमा तीनवटा सडकको धमाधम स्तरोन्नति भइरहेको छ । स्तरोन्नति भइरहेका नगरपालिकाका तीन सडकको भौतिक प्रगति ६ महिनामा २५ प्रतिशत पुगेको छ । जिल्लाकै सबैभन्दा बढी लागतमा उक्त सडक कालोपत्र हुँदैछन् । विश्व बैंकको अनुदानमा काम थालिएको उक्त सडकमा अहिले सयौँ उपकरण र श्रमिक परिचालन गरिएको छ । बागलुङ…