उद्यमी, कलाकार, कालिगढहरुबाट उत्पादित नेपाली हस्तकलाका सामग्रीको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा २१औँ हस्तकला व्यापार मेला तथा १९औँ हस्तकला प्रतियोगिता हुने भएको छ । मेलाको तयारी बारे जानकारी दिँदै नेपाल हस्तकला महासङ्घले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको संयुक्त तत्वावधानमा आगामी मंसिर २० देखि २४…