विकाश रौनियार, धादिङ राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा भइरहेको निरन्तर ढिलाइको विरोधमा धादिङ महोत्सवस्थलमै हस्ताक्षर अभियान सुरु गरिएको छ । धादिङ उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको दशौँ धादिङ महोत्सव-२०८२ मा छुट्टै स्टल राखी सरकारलाई तत्काल निर्णय गर्न दबाब दिने उद्देश्यले अभियान थालिएको हो । अभियानको सुरुवात गर्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले…