झापामा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव सुरु

औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव-२०८२ आज (७ माघ)देखि जिल्ला सदरमुकाम चन्द्रगढीस्थित मेची रङ्गशालामा सुरु भएको छ । झापा उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको महोत्सव यही माघ २१ गतेसम्म सञ्चालन हुनेछ । सङ्घका कार्यवाहक अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार राईले यहाँको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि महोत्सव आयोजना गरिएको जानकारी…