मुगु जिल्लामा रारा भिलेज रिसोर्ट सञ्चालनमा आएको छ । धार्मिक मान्यताअनुसार शुक्रबार (१९ फागुन) पूजाआजा गरी रिसोर्ट सञ्चालनमा ल्याइएको हो । मुगुको सामाजिक आर्थिक विकासको एक मात्र आधार मानिएको रारा तालमा वर्षेनी हजारौँ स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन व्यवस्थित पहल जरुरी रहेको विषयलाई मध्यनजर गरी रिसोर्ट सञ्चालनमा ल्याएको जनाएका छन् । आन्तरिक तथा बाह्य पर्यटकका…