कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको अभाव भएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा पेट्रोलियम पदार्थको अभाव हुँदा उपभोक्ता मारमा परेका छन् । हातहातमा क्यानी, बोतल लिएर पेट्रोल पम्पमा जानेको भिड बढेको छ । भारतीय भन्सारमा विद्युतिय सिस्टम परिवर्तन गरेकाले इन्धन बोकेको नेपाल आउने ट्याङकरहरु नाकामै रोकिँदा तेल अभाव भएको नेपाल आयल निगमले जनाएको छ।…