आरपी उपाध्याय, नवलपरासी पश्चिम नवलपरासीअन्तर्गत रहेको महेशपुर भन्सार कार्यालयले गत आर्थिक वर्षमा उल्लेखनीय रूपमा राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा जम्मा २७ करोड ३० लाख २१ हजार २ सय ५० रुपैयाँ राजस्व संकलन गरेको भन्सार प्रमुख रामप्रसाद अर्यालले जानकारी दिएका छन् । भन्सारले संकलन गरेको राजस्व अहिलेसम्मकै बढि राजस्व रहेको…