आँबुखैरेनीमा पढ्दै, कमाउँदै : कुखुरापालनमा विद्यार्थी रमाउँदै

तस्बिर : रासस तनहुँको आँबुखैरेनी-६ स्थित कन्यादेवी माध्यमिक विद्यालयमा विद्यार्थीलाई पढ्दै, कमाउँदै कार्यक्रमअन्तर्गत कुखुरापालन व्यवसाय सुरु गरिएको छ । एक वडा, एक उत्पादनअन्तर्गत आँबुखैरेनी गाउँपालिका कार्यालयले रु. पाँच लाख अनुदान प्रदान गरेपछि विद्यालयले स्थानीय जातका कुखुरापालन गरेको हो । गाउँपालिकाबाट प्राप्त भएको उक्त अनुदान रकमबाट विद्यालय भवन मर्मतसम्भार, विद्यालय कम्पाउण्ड, दाना र चल्ला खरिदमा खर्च…