नेपाल टेलिकमले हिमालपारिको जिल्ला मुस्ताङमा उच्चगतिको डाटा तथा भ्वाइस सेवा दिन शुरु गरेको छ । लकडाउनकै समयमा मुस्ताङमा अप्टिकल फाइबरमा आधारित ‘फाइबर टु द होम’ सेवा शुरु भएको हो । लकडाउनको समयमा मुस्ताङ जिल्ला प्रवेशमा लगाइएको रोकका बाबजुद नेपाल टेलिकम दूरसञ्चार कार्यालय बागलुङको प्राविधिक समूहले जोमसोम पुगेर काम थालेको थियो । दूरसञ्चार कार्यालय बागलुङका प्रमुख…