पर्यटन प्रर्बद्धनका लागि हुम्ला कर्णालीमा र्‍याफ्टिङ सेवा सुरु

पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले हुम्ला कर्णालीमा र्‍याफ्टिङ सेवा सुरु गरिएको छ । कर्णाली र्‍याफ्टिङ एण्ड एड्भेन्चर प्रालि कैलालीसागको सहकार्यमा हुम्ला ‍र्‍याफ्टिङ तथा जल यात्रा सेवाले र्‍याफ्टिङ संचालनमा ल्याएको हो । हुम्लाकै प्रसिद्ध ऐतिहासिक धार्मिक एवम् पर्यटकीय सम्भावना बोकेको खार्पुनाथ शिब मन्दिरबाट याङ्चु कुनासम्म र्‍याफ्टिङ सेवा सुरु गरेको छ । यसले खार्पुनाथको पर्यटन प्रर्बद्धनमा समेत टेवा…