काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रमा घर बहालमा बस्नेलाई घरबेटीले मनलाग्दी विद्युत् महसुल लिइएको विषयमा नेपाल विद्युत् प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणसँग विद्युुत् लिएर मनलाग्दी तवरले व्यापार नगर्न चेतावनी दिँदै जति महसुल उठेको हो, सोहीअनुसार मात्रै घर बहालमा बस्नेसँग महसुल लिन आग्रह गरे । प्राधिकरणले…