दुई देशका सरकार सरकारबीच (जीटुजी)मार्फत रासायनिक मल खरिद गर्न सम्झौता भए पनि नेपाली पक्ष जीटुजीमार्फत मल आपूर्ति गर्न नचाहेको बुझिएको छ । खासगरी कृषि तथा पशुपक्षी विकास मन्त्रालय र मल ल्याउने जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी नै जीटुजी नचाहेको नेपालस्थित भारतीय दूतावास स्रोतले जानकारी दिएको छ । दूतावास स्रोतका अनुसार, कृषि मन्त्रालय र कृषि सामग्री…