लगानीबोर्ड र होङ्सी शिवमबीच सम्झौता

नेपालमा सिमेन्ट कारखाना स्थापना गर्नका लागि लगानीबोर्ड र होङ्सी शिवम सिमेन्ट प्रालिबीच परियोजना लगानी सम्झौता भएको छ । अर्थमन्त्री तथा लगानीबोर्डका उपाध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की तथा नेपालका लागि चिनियाँ राजदुत यू होङको उपस्थितिमा आइतबार सम्पन्न उक्त सम्झौतामा नेपाल सरकारका तर्फबाट लगानीबोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका तर्फबाट कम्पनीका निर्देशक÷महाप्रबन्धक लाई वेईपेङले हस्ताक्षर गरेका छन्…