काठमाडौँ महानगरपालिकाले औपचारिक शिक्षालाई व्यावहारिक बनाउन र राजस्व प्रशासन करदातामैत्री बनाउन अभियान शुरु गरेको छ । यसै आर्थिक वर्षको शुरुवातसँगै राजस्व प्रशासनलाई करदातामैत्री बनाउन कामपाले अभियान थालेको हो । यसका लागि जनप्रतिनिधि र कर्मचारीका लागि अभिमुखीकरण शुरुवात बुधबारदेखि भइसकेको छ । प्रत्येक जनप्रतिनिधिलाई यस किसिमको अभियानमा सहभागी गराएर सम्बन्धित वडाका नगरवासीलाई जानकारी गराउनुपर्नेछ । त्यसैले…