आन्तरिक राजश्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २१ अर्ब ८० करोड ४५ लाख ६५ हजार राजश्व संकलन गरेको छ । कार्यालयले आव २०७३-७४ मा भन्दा रु चार अर्ब ९२ करोड २५ लाख ५४ हजार बढी राजश्व संकलन गरेको कार्यालयका सूचना अधिकारी डिल्लीराम पौडेलले जानकारी दिए । अघिल्लो आवको तुलनामा १२८.१५ प्रतिशत प्रगति भएको छ…