टेलिकमको उपहार योजना तीन महिना थप

नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए मोबाइल सेवाका ग्राहकलाई नयाँ वर्ष २०७४ तथा अन्य अवसरमा उपलब्ध गराएका विभिन्न ‘प्रमोसनल अफर’लाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ । कम्पनीले ल्याएका उपहारलाई उपभोक्ताले अत्यधिक रुचाएकाले तिनलाई निरन्तरता दिइएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । सो उपहार आगामी कात्तिक २३ गतेसम्म कायम रहनेछ ।…