लोथरमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने

चितवनको लोथर खोला र राप्ती दोभानको किनारमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने भएको छ । सो स्थानमा अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइन बिस्तार गरी भण्डारण गृह निर्माण गरिने भएको हो । भण्डारण गृह बनाउन राप्ती नगरपालिका-१ मा २३ बिगाहा १२ कठ्ठा जमिन नेपाल आयल निगमले खरिद गरेर साइट अफिस सञ्चालनमा ल्याइसकेको छ । चितवन र मकवानपुर…