महिला सम्पादकको खडेरी : क्षमता र अवसर दुवै जरुरी

– निर्जला कक्षपति सम्पादक महिलाहरूको अवस्थाका बारे केही दिन पहिले प्रेस काउन्सिल नेपालले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुने मौका मिल्यो । कार्यक्रममा सहभागी हुन निम्तो आएपछि सम्पादक महिला को–को छन् भनेर सम्झन थालेँ । ठूला प्रकाशन गृहमा कहिँकतै छैनन्, रेडियो र टेलिभिजनमा छन् कि भनेर दिमाग घुमाउन थालेँ । खै कतै भेटिनँ मैले ।…