दलको सदस्यता कि शीर्ष नेताको दासत्व

स्वयम्भूनाथ कार्की सिला खोजेर बनाएको कथित दुईतिहाई अवशानतर्फ छ । कुनै बेला नेपाली काङ्ग्रेसले एमालेलाई हैसियत देखाउन आफ्नै हुकुम प्रमाङ्गीले एमालेसरह स्थान दिएर पुलपुल्याएको तत्कालीन माओवादीले नेपाली काङ्ग्रेसलाई नै हैसियत देखाएको थियो । त्यसबेला नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू पनि घिरौँलाजत्रो नाक पारेर आतङ्ककारीलाई मूलधारमा ल्याएको फुइँ लगाउँथे । आज त्यही नेपाली काङ्ग्रेस मूलधारमा कता छ भनेर…