नेपालको वैदेशिक सम्बन्ध र राजा महेन्द्र

– स्वयम्भूनाथ कार्की बेलग्रेड र पाकिस्तानको भ्रमणपछि राजा महेन्द्रले १७ सालको कदम चालेकाले छिमेकी मित्रराष्ट्र भारत सशङ्कित भएको थियो । भारतीय संसद्मा यस घटनाबारे त्यसबेला औपचारिक छलफल पनि भयो । त्यसमाथि असोज २०१८ मा राजाको चीन भ्रमण भएपछि भारतले उनलाई आफ्नो विरोधी देख्न थालेको थियो । त्यस भ्रमणमा भएको नेपाल–चीन सीमा सन्धि र कोदारी राजमार्ग…