सरकार परिवर्तन निम्ति भएको भित्री कथा यस्तो थियो

काठमाडौं/ गत बिहीबार (पुस २४ गते) नेपाली राजनीतिले अप्रत्याशित रूपमा नयाँ मोड लियो । त्यस दिनसम्म न प्रधानमन्त्रीले मध्यावधि चुनावको सिफारिस गर्ने सम्भावना थियो न सरकारलाई नै कुनै सङ्कट पैदा भएको आभास जनमानसमा थियो । तर, वर्तमान सरकार ढाल्न काङ्ग्रेस सरकारमा सामेल हुनेबित्तिकै एमालेका एकाथरी नेता, राप्रपाका लोकेन्द्रबहादुर चन्दसहित केही सांसद र केही काङ्ग्रेसका सांसदहरू…