वामदेव पनि बाठो !

वामदेव गौतम लेख लेख्छन्, वैचारिक बहसहरूमा रुचिका साथ सहभागिता जनाउँछन् र उनले किताबसमेत प्रकाशित गरेका छन्, तथापि उनलाई बौद्धिक नेताका रूपमा लिइँदैन । एउटा ‘ब्लन्ट’ अस्थिर र भौँजाहा नेताका रूपमा वामदेवको परिचय बनेको छ । उनी जे गर्ने हो त्यही भन्छन् र जे भन्छन् त्यो गर्नका निम्ति सम्पूर्ण प्रयास गर्छन् भन्ने वामदेवको पुरानो पहिचान हो…