देउवाद्वारा सरकारविरुद्ध शान्तिपूर्ण आन्दोलनको आह्वान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका लागि पुनः संघर्ष गर्नुपर्ने बेला आएको धारणा व्यक्त गरेका छन् । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले मंगलबार (१३ फागुन) काठमाडौंमा आयोजना गरेको महेन्द्रनारायण निधिको ९८औँ जन्मजयन्ती समारोहमा उनले सरकारको गलत कार्यशैलीविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने धारणा राखे । हिंसामुक्त समाज निर्माण र प्रजातन्त्रको रक्षाका लागि कुनै पनि सम्झौता नगरिने उल्लेख गर्दै…