प्रधानमन्त्री केपी शर्मा ओली सत्ता रक्षाका निम्ति अन्तिम सङ्घर्ष गर्नुपर्ने स्थितिमा पुग्नुभएको छ । पार्टीभित्रका प्रतिपक्षी नेताहरूले स्थायी समितिको चालु बैठकबाट नै ओलीलाई पद त्याग गराउने निर्णय लिने तयारी गरेपछि उहाँ रक्षात्मक स्थितिमा पुग्नुभएको हो । केही साताअघि सरकार लिम्पियाधुरा क्षेत्रलाई समेटेर ‘नयाँ’ नक्सा जारी गर्न सफल भएपछि प्रधानमन्त्री ओलीले आफ्नो सरकार सुरक्षित बनेको ठान्नुभएको…