नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको १४औँ महाधिवेशन कार्यतालिका र समसामयिक विषयमा छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार (२१ असार) बसेको बैठकमा कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको कार्यतालिका बारेमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । कांग्रेसले गत माघ १३ गते १४औँ महाधिवेशन आगामी फागुन ७ देखि…