देउवा पुनः सभापति हुने पृष्ठभूमि बन्दै

विचार, दर्शन र सिद्धान्त रित्तिएको नेपाली काङ्ग्रेस पार्टीमा पछिल्लो समय उत्पन्न परिस्थितिले उक्त पार्टीको सभापतिमा अर्को कार्यकालका निमित्त पनि शेरबहादुर देउवाकै चयन हुन सक्ने सम्भावना बढाएको छ । देउवासँग असहमत खेमाका नेताबीच परस्पर अविश्वास, प्रतिस्पर्धा र अनेकताले देउवालाई पुनः सभापति बन्ने स्थिति निर्माण गरिदिएको हो । २०७२ सालको फागुनमा काङ्ग्रेसको तेह्रौँ महाधिवेशन भएको अब चार…