नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार (२५ भदौ) बस्ने भएको छ । पार्टी एकताका बाँकी काम टुङ्ग्याउने गरी प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपराह्न ४ बजे बैठक बस्न लागेको हो । यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुर उपचारका क्रममा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा यही भदौ ९ गते बैठक बसेको…