सत्तारुढ तथा प्रतिपक्षी दलका सांसदले मुलुकको परराष्ट्र नीतिविपरीत हुने कूटनीति गतिविधिलाई नियन्त्रण गरिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीबार (२६ भदौ) को बैठकको विषेश समयमा आफ्नो धारणा राख्दै सांसदहरूले कूटनीतिक समान धारणा बनाएर नेपालले असंलग्न परराष्ट्र नीतिविपरीत कुनै पनि मुलुकको पक्ष वा विपक्षमा लाग्न नहुने धारणा राखेका हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का…