विचार पुनस्र्थापनाप्रति उदासीन रहेको नेपाली काङ्ग्रेस कम्युनिस्ट सरकारप्रतिको जनअसन्तुष्टिलाई ‘क्यास’ गर्दै साङ्गठनिक गतिविधि बढाउन लागिपरेको छ । नयाँ वर्षको शुरुवातसँगै जनजागरण अभियानका नाममा कार्यकर्ता जागरण अभियान चलाएको काङ्ग्रेसले गत साता अभियानमा खटिएका प्रतिनिधिहरूको भेला गरी उनीहरूको सुझाव पनि सङ्कलन गरेको छ । अब यही असार २२ गतेदेखि काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक हुने भएको छ र,…