सरकारद्वारा ‘प्रतिबन्धित’ विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज गत साता कथित रूपले प्रहरीसँगको ‘मुठभेड’मा मारिएका छन् । सो पार्टीका एक विद्यार्थी नेता पनि गत महिना भोजपुरमा ‘मुठभेड’कै नाममा मारिएका थिए । यसरी ‘मुठभेड’मा नेकपाका नेता–कार्यकर्ता मारिने घटनाको खतरनाक सिलसिला नै शुरु भएको अनुभूति गरिन थालिएको छ । प्रहरीसँगको मुठभेडमा विगतमा पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरू…