इतिहासलाई मात्र जनताले विश्वास गर्दैनन्, मन जित्नुपर्छ : प्रकाशमान

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इतिहास भजाएर मात्रै कांग्रेसलाई अब जनताले विश्वास नगर्ने बताएका छन् । ‘कांग्रेसले आफूलाई विधिअनुसार नचलाएमा, नयाँ संरचनामा नलगेमा र आन्तरिक कलह समाप्त नपारेसम्म जनताको मन जित्न सम्भव छैन,’ उनले भने, ‘इतिहासलाई भजाएर मात्रै हुँदैन, हामी आफू पनि सच्चिन तयार हुनुपर्छ ।’ पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले वीरेन्द्रनगरमा आइतबार आयोजित कार्यकर्ता भेटघाटमा…