नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुईतिहाइ बहुमत प्राप्त सरकारले नेपाली काङ्ग्रेसका तर्फबाट प्रधानमन्त्री भएका सन्तनेता कृष्णप्रसाद भट्टराईको आश्रमबाट सुरक्षाकर्मी हटाइदिएको छ । गृह मन्त्रालयले निधन भइसकेका विशिष्ट व्यक्तित्वहरूको निवासमा दिइएको सुरक्षा व्यवस्था हटाउने निर्णय गरेपछि सशस्त्र प्रहरीले ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमबाट सुरक्षा टोली फिर्ता बोलाएको हो । गत साता मंगलबार (जेठ १४ गते) देखि भट्टराई…