सहकार्यका लागि राप्रपाको बेग्लै कार्यदल

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि समान विचार भएका दलहरुसँग सहकार्य गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले देशलाई हिन्दूराष्ट्रको रुपमा पुनःस्थापना गराउन निरन्तर सङ्घर्ष गर्ने निर्णय गर्दै हिन्दू राष्ट्रको पक्षमा हुने सबै गतिविधिमा धार्मिक सङ्घसंस्था र जनसमुदायलाई सहयोग गर्न आग्रह गरेको हो । पहिलो चरणको कार्यक्रमको अनुभव र जनताको भावनालाई दृष्टिगत…