नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको तत्काल महाधिवेशन गर्न आवश्यक रहेको बताएका छन् । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–४ जीतपुरमा आइतबार भएको कार्यक्रममा उनले काङ्ग्रेस केन्द्र र प्रदेश कहीँ पनि सत्तामा नरहेकाले महाधिवेशन गरेर अगाडि बढनुपर्नेमा जोड दिए । काङ्ग्रेस जिल्ला कार्य समिति कपिलवस्तुद्वारा आयोजित कार्यक्रममा नेता कोइरालाले सरकार असफल भएको अरोप लगाए । काङ्ग्रेस…