माओवादीको हिंसात्मक युद्धमा बालसेनाका रूपमा उपयोग गरिएका लेनिन विष्टले यसै साता नेदरल्यान्डको हेगस्थित इन्टरनेसनल क्रिमिनल कोर्टमा उपस्थित भएर आफ्ना पीडा र व्यथाहरू प्रस्तुत गर्ने भएका छन् । उक्त अदालतका वकिल तथा केही मानवअधिकारकर्मीहरूसमक्ष विष्टले आफूलाई माओवादी नेतृत्वले कसरी दुरुपयोग ग¥यो र उनीहरू सत्तामा आइसकेपछि के–कस्ता सास्ती र पीडा दियो भन्ने विषयमा सविस्तार वर्णन गर्ने कार्यक्रम…