नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु गलत : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गणतन्त्र र संघीयता जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले भने, ‘गणतन्त्र र संघीयता जनआन्दोलनको उपलब्धि हो, मैले यसमा जनमतसंग्रह गर्नुपर्छ भन्ने कुरा गरेकै छैन ।’ महामन्त्री कोइरालाले धार्मिक स्वतन्त्रताको पक्षमा जनमतसंग्रह गर्न…