सनातन परम्पराको संरक्षणका लागि हिन्दू राष्ट्र भन्ने माग अघि सार्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर हस्ताक्षर अभियान शुरु गरेको छ । आइतबार (चैत १७) शुरु भएको अभियान यही चैत २३ गतेसम्म सञ्चालन गरिने राप्रपाले जनाएको छ । देशका सबै जिल्ला सदरमुकाममा हस्ताक्षर सङ्कलन केन्द्रको व्यवस्था गरिएको र उक्त अभियानलाई सोमबारदेखि स्थानीय तह, क्षेत्रीय तह, नगर तहसम्म…