नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकले भीष्मराज आङ्देम्बेको संयोजकत्वमा अनुशासन समिति गठन गरेको छ । सोमबार आङ्देम्बेको संयोजकत्वमा गठित समितिलाई आज (मंगलबार)को वैठकले पूर्णता दिएको हो । समितिको सदस्यमा उमाकान्त चौधरी, धनराज गुरुङ, किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल रहेका छन् । व्यक्तिगत रूपमा भद्र र शालीन मानिने भीष्मराजमाथि गत संसदीय निर्वाचनमा अन्तर्घात गरेको आरोप भने लागेको…