कांग्रेसको सशक्त प्रतिरोधपछि प्रतिनिधिसभा १५ मिनेट स्थगित

प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध भई स्थगन भएको छ । बैठक शुरु हुनेबित्तिकै सभामुख कृष्णबहादुर महराले समय दिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रकाशमान सिंहले सरकारले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका नाममा तनहुँमा स्थापित श्वासप्रश्वास केन्द्र र बाँकेमा स्थापित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल केन्द्रीय सरकारअन्तर्गत सञ्चालन हुने निर्णय भएको जानकारी संसदमा नआएसम्म बैठक चल्न नसक्ने बताए…