नेपाल तनावग्रस्त भूमि बन्दै !

चीन र अमेरिकाबीचको टक्कर बढ्दै जाँदा नेपालले अमेरिकी दृष्टिमा उच्च महत्व पाउँदै गएको छ । करिब दुई दशकपछि परराष्ट्रमन्त्रीलाई निमन्त्रणा गरेर उच्च सत्कार गरी नेपाललाई अब अमेरिकाले ‘अरू कसैको आँखाबाट’ नभई ‘आफ्नै आँखाले हेर्ने’ भन्दै ‘केन्द्रीय भूमिका निर्वाह गर्न’ आग्रह गरेको थियो । यसअघि अमेरिकाले नेपाललाई कसको आँखाले हेर्ने गरेको थियो भन्ने स्पष्ट नगरे पनि…