भारत, अमेरिका र चीनलाई एकसाथ खुसी पार्न वर्तमान सरकारले गरेको प्रयास केटाकेटीको खेलझैँ हुन पुगेको छ । तीनवटै पक्षलाई एकैपटक खुसी बनाउन भइरहेका नेपाली प्रयासलाई तीनवटै पक्षले छर्लङ्गै बुझेका कारण यो ‘केटाकेटी खेल’झैँ देखिएको हो । एक महिनाअघि अमेरिकाको भ्रमणमा गएर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले इन्डो–प्यासिफिक कमाण्डसँग सहकार्य गर्न अमेरिकाले राखेको प्रस्तावमा सहमति जनाएका थिए ।…